Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ताइवानका राष्ट्रपति वेन र अमेरिकी सभामुख मकार्थीबीच भेटवार्ता

    ताइवानका राष्ट्रपति वेन र अमेरिकी सभामुख मकार्थीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 588
    SHARES

    काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख केभिन मकार्थी र ताइवानकी राष्ट्रपति साई इंग वेनबीच भेटवार्ता भएको छ । चिनियाँ चेतावनीलाई बेवास्ता गर्दै वेनले सभामुखसँग भेटवार्ता गरेकी हुन् ।

    सन् १९७९ मा अमेरिका र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकी भूमिमा ताइवानी नेतालाई भेट्ने उनी अहिलेसम्मकै वरिष्ठ अमेरिकी अधिकारी हुन् । बेइजिङले एक चीन नीतिको ठाडो उल्लंघन भन्दै कडा शब्दमा उक्त भेटवार्ताको भर्त्सना गरेको छ।



    भेटपछि बोल्दै मकार्थीले साईलाई अमेरिकाकी एक महान मित्र भन्दै प्रशंसा गरे । साथै उनले आर्थिक स्वतन्त्रता, प्रजातन्त्र, शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्न दुवै देशका जनता मिलेर काम गर्ने उपाय पहिल्याउने कामले निरन्तरता पाइरहनेमा आफू आशावादी रहेको बताएका छन् ।



    चिनियाँ विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षार्थ कडा र ठोस कदम चाल्ने दृढता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार