Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • होन्डुरसले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

    होन्डुरसले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 660
    SHARES

    एजेन्सी । होन्डुरसले ताइवानसँगको दसकौँ पुरानो कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ ।

    होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो ।



    होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ ।



    होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाएको छ ।

    ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् ।

    चीनले भने ताइवानलाई आफूसँग अलग भएको एक प्रान्त मान्दछ र ढिलो चाँडो चीनको नियन्त्रणमा आउने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार