Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चुनावमा आफ्नो दल हारेपछि ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

    चुनावमा आफ्नो दल हारेपछि ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 813
    SHARES

    एजेन्सी । स्थानीय चुनावमा आफ्नो दलले हार बेहोरेपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।

    हिजो भएको स्थानीय चुनावमा ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले विजय हासिल गरेपछि राष्ट्रपति इङ–वेनले डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)को अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।



    उनले हारको जिम्मेवारी आफूले नै लिएर पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको बताइन् । उनी राष्ट्रपति पदमा भने रहिरहने छन् ।



    डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ । मतदान परिणामलाई चीनको बढ्दो दवाबको अवज्ञा गर्ने राष्ट्रपति वेनको प्रयासको असफलताका रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार