Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकासँग २३ अर्ब डलरमा लडाकु विमान खरिद र मर्मत गर्दै टर्की

    अमेरिकासँग २३ अर्ब डलरमा लडाकु विमान खरिद र मर्मत गर्दै टर्की

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 375
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको छ । टर्कीले स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै उनीहरुबीच सो सम्झौता भएको हो ।

    टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको थियो।



    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेसँगै अमेरिकी सरकारले टर्कीलाई ४० वटा नयाँ एफ–१६ लडाकु विमान बेच्ने सम्झौतालाई अनुमोदन गरेको हो ।



    यो सम्झौता २३ अर्ब डलरको छ । यस्तै, टर्कीमा रहेका ७९ वटा एफ–१६ विमानको आधुनिकीकरणको पनि सम्झौता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार