Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेलोसी ताइवानमा उत्रिनै लाग्दा चिनियाँ लडाकु विमानले पार गरे जलसन्धि

    पेलोसी ताइवानमा उत्रिनै लाग्दा चिनियाँ लडाकु विमानले पार गरे जलसन्धि

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानमा उत्रिनैलाग्दा चिनियाँ लडाकु विमानले ताइवान जलसन्धि पार गरेका छन् ।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ एसयू–३५ विमानले ताइवान जलसन्धि पार गरेका हुन् ।



    पेलोसी चढेको विमान मलेसियाबाट फिलिपिन्स सागर माथिबाट ताइवान पुग्न लागेको बताइएको छ। सोङसान विमानस्थलमा उनी उत्रिने बताइएको छ। जहाँ कयौँ सर्वसाधारण भेला भएको जनाइएको छ।



    चिनियाँ जनमुक्ति सेनाको विमानले बाटो छेक्न सक्ने अनुमान गरेर पेलोसीको विमानले घुमाउरो मार्ग तय गरेको विश्वास गरिएको छ ।

    यस्तै अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवानको सम्भावित भ्रमणअघि चीनले स्वशासित टापुलाई चेतावनी दिँदै सोमबारदेखि ३५ ताइवानी बिस्कुट र पेस्ट्रीलाई आयात निलम्बन गरेको छ ।

    ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले मंगलबार रिपोर्ट गर्दै खानाको श्रेणी अन्तर्गत चीनको भन्सारमा दर्ता भएका तीन हजार २ सय ताइवानी कम्पनीहरूमध्ये दुई हजार ६६ लाई आयात निलम्बनको सूचीमा राखेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार