Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको फिनल्याण्डको आरोप

    रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको फिनल्याण्डको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 969
    SHARES

    फाइल तस्विर

    काठमाडौं । फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ ।

    दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको आरोप फिनल्याण्डले लगाएको हो ।



    ती दुई लडाकु विमानले दुई मिनेटसम्म फन्का लगाएर फर्केको बताइएको छ । रुसी लडाकु विमानहरूले नाटोको प्रतिक्रिया बुझ्नका लागि फिनल्याण्डको आकाशमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।



    रुसी लडाकु विमानहरू आफ्नो आकाशमा प्रवेश गरेलगत्तै फिनल्याण्डको वायु सेनाले पनि अपरेशनल उडानलाई तम्तयार बनाएको थियो ।

    रुससँग १३ सय किलोमिटर सीमा जोडिएको फिनल्याण्डले गत महिना मात्रै नाटो सदस्यता लिएपछि रुस फिनल्याण्डसँग पनि क्रुद्ध रहँदै आएको छ । फिनल्याण्ड र स्वीडेनले नाटो सदस्य लिएपछि रुसले बाल्टिक क्षेत्रमा आफ्नो शक्ति तैनाथ गर्ने चेतावनी दिंदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार