Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लद्दाखपछि अरुणाचलमा चिनियाँ र भारतीय सेना आमने-सामने , सैन्य कमाण्डर वार्ता औचित्यहिन

    लद्दाखपछि अरुणाचलमा चिनियाँ र भारतीय सेना आमने-सामने , सैन्य कमाण्डर वार्ता औचित्यहिन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। पूर्वी लद्दाखमा एलएसी अर्थात वास्तविक नियन्त्रण रेखामा चलिरहेको सैन्य तनावलाई लिएर भारत र चीनले दुई दिन अघि एक अर्कामाथि आरोप र प्रत्यारोप लगाएका थिए।

    सैन्य तनाव कम गर्न र सीमामा यथास्थिति कायम राख्नका लागि १३ औं चरणको वरिष्ठ सैन्य कमाण्डर वार्ता सम्म  भए। वार्ता दुई देशहरुबीच  आरोप र  प्रत्यारोप चलेर समाप्त भयो।



    बुधबार चीनले भारतीय उपराष्ट्रपति वेंकैया नायडूको अरुणाचल प्रदेशको भ्रमणमा आपत्ति जनाउँदै भारतले सीमा विवाद बढाउने कुनै काम गर्न नहुने बताएको छ।



    चीनको यो आपत्तिमा भारतको विदेश मन्त्रालयले केहि घण्टा भित्र प्रतिक्रिया दिँदै अरुणाचल भारतको एक अभिन्न अंग रहेको र यो  अलग गर्न नसकिने वतायो ।   भारतीय नेताहरुले अरुणाचलको भ्रमण गर्दा चीनले आपत्ति जनाउनुमा कुनै तुक नभएको भारतको तर्क छ।

    यसअघि चीनले प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले २०१९ मा अरुणाचल भ्रमण गर्दा विरोध गरेको थियो। चीनले २०२० मा गृहमन्त्री अमित शाहको अरुणाचल भ्रमणमा आपत्ति जनाएको थियो। प्रत्येक पटक भारतले चीनको आपत्ति अस्वीकार गर्दै आएको छ।

    चीनले अरुणाचल प्रदेशमा ९० हजार वर्ग किलोमिटर जग्गा दाबी गरेको छ भने भारतले पश्चिममा ३८ हजार वर्ग किलोमिटर जग्गाअबैध रुपमा कब्जा गरेको भारतिय पक्षको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार