Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अरुणाञ्चलमा चिनियाँ सेनालाई नियन्त्रणमा लिएको भारतको दाबी

    अरुणाञ्चलमा चिनियाँ सेनालाई नियन्त्रणमा लिएको भारतको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । भारतले सीमावर्ती क्षेत्रबाट केही चिनियाँ सेनाका जवानहरूलाई नियन्त्रणमा लिएको दावी गरेको छ।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतीय सेनाले अरुणाञ्चल प्रदेशको थावाङ क्षेत्रबाट ती चिनियाँ सेनाका जवानहरुलाई नियन्त्रणमा लिएको दाबी गरेका हुन्।
    समाचारमा दुई सयको हाराहारीमा चिनियाँ सेनाहरू तिब्बतबाट भारतको नियन्त्रित क्षेत्रमा प्रवेश गरी बङ्करहरू भत्काउने प्रयास गरेको दाबी गरिएको छ।



    यो घटना गत साता बुम ला पास र याङत्सेको सीमा क्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नजिक भएको बताइएको छ । स्रोतका अनुसार चिनियाँ प्रवेशलाई भारतीय सेनाले असफल पारेको र केही चिनियाँ अल्पकालीन रूपमा हिरासतमा राखिएको दाबी गरिएको छ।



    यस्तै, टाइम्स अफ इन्डियाले १० दिन अगाडि चिनियाँ १०० सैनिक भारतीय भूमिमा प्रवेश गरेको र त्यस क्षेत्रमा दुवै पक्षका सेनाहरू शारीरिक रूपमा आमनेसामने भएको दाबी गरेको छ।

    ‘दुवै पक्ष लाइन अफ एक्चुअल (एलएसी)को आफ्नो क्षेत्रमा पेट्रोलिङ गरिरहेका थिए। यो लाइन स्पष्ट रूपमा कोरिएको छैन। दुवैले आफ्नो दाबी गरेका छन्। त्यस दिन दुवै पक्ष आमनेसामने भए। यो क्रम केही घटना जारी रह्यो। यस क्रममा हाम्रो कुनै पनि रक्षा अथवा बङ्करमा क्षति पुगेको छैन,’ स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले भनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार