Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीन–भारत सीमा मुद्दामा तेस्रो पक्षले हस्तक्षेप नगर्न चिनियाँ सेनाको चेतावनी

    चीन–भारत सीमा मुद्दामा तेस्रो पक्षले हस्तक्षेप नगर्न चिनियाँ सेनाको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 969
    SHARES

    एजेन्सी । चीन–भारत सीमा विवादमा तेस्रो पक्षलाई सहभागी नहुन चीनको जनमुक्ति सेनाले चेतावनी दिएको छ ।

    अमेरिका र भारतले चीनको सीमा क्षेत्रनजिकै संयुक्त सैन्य अभ्यास गरेको केही समयपछि चिनियाँ सेनाले तेस्रो पक्षको हस्तक्षेपको विरोध गरेको हो ।



    अगस्ट ८ मा अमेरिका र भारतका सैनिकहरुले हिमाचल प्रदेशमा संयुक्त सैन्य अभ्यास सुरु गरेका थिए । यी दुई मुलुकले अक्टोबर १८ देखि ३१ सम्म उत्तराखण्डमा सैन्य अभ्यास गर्नेछन्। सो स्थान चीनको सीमाबाट १०० किलोमिटरभन्दा नजिक छ ।



    चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता सिनियर कर्णेल तान केफेइले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन–भारत सीमा मुद्दामा तेस्रो पक्षको हस्तक्षेपको हामी दृढ विरोध गर्छौँ ।’

    बेइजिङ र वासिङ्टनबीच ताइवानलाई लिएर तनाव बढिरहेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि यो महिनाको सुरुमा चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार