Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज

काठमाडौं । बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेशसभा बैठक बस्न लागेको हो ।

यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए।

अधिवेशनसँगै सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077