Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनालको विश्लेषण : लामिछाने र राउतको पार्टी बुर्जुवा शक्ति, रहस्यमय तरिकाले उदायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ शक्ति बनाएर उदाएका पार्टीहरूलाई बुर्जुवा भएको आरोप लगाएका छन् ।

पोलिटब्युरो बैठकमा प्रस्तुत गरेको आफ्नो दस्तावेजमा खनालले संसद्को चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई रहस्यमय शक्ति र बुर्जुवा उदारवादी भएको आरोप लगाएका हुन् ।

खनालको दस्तावेजमा भनिएको छ, 'रहस्यमय शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसैले गृह मन्त्रालय खान थालिसकेको छ । त्यो पनि आम रूपमा बुर्जुवा उदारवादकै पक्षमा देखिन्छ ।'

सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि बुर्जुवा उदारवादी नै भएको खनालको ठहर छ । सरकारमा दुवै पार्टीको सहभागितालाई लिएर पनि खनालले प्रश्न उठाएका छन् ।

खनालले स्थायी कमिटी बैठकमा पनि यी कुरा राखेका थिए । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा भने यो दस्तावेज प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077