Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सेवाग्राहीलाई हैरानी दिने १३ विचौलिया र नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । काठमाडौंका यातायात व्यवस्था कार्यालयहरुबाट १३ जना विचौलियाहरू र २ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

सोमवार काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौँ, छिटो छरितो रूपमा काम गरिदिन्छौँ, नपुगेका कागजातहरू पुर्‍याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेका थिए ।

यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, ठूलोभर्‍याङ र चाबहिलबाट १३ जनालाई तथा भक्तपुरस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको हो ।

भक्तपुरबाट अर्कैको नाममा मेडिकल परीक्षा दिन आएका तथा परीक्षा दिन पठाउने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077