Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापा भन्छन् - मुलुक थप जटिल मोडतर्फ जान सक्छ, राष्ट्रवादी शक्तिहरू चनाखो हुनुपर्छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको बताए । यस्तै उनले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ ऊर्जाका साथ अघि बढ्ने समेत बताए ।

मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्ने तर्फ राष्ट्रवादी शक्तिहरू चनाखो हुनुपर्ने उनको भनाई छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यतापूर्वक मनाउने राप्रपा नेपालले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077