Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँचथरको फिदिममा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

पाँचथर । पाँचथरमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएको हो । मृत्यु हुनेमा गुरुङकी बुहारी २३ वर्षीया आसाङसिंह थेवे र छोरी २२ वर्षकी ममता गुरुङको रहेका छन् ।

आगलागीमा परेर ५५ वर्षका मेघबहादुर र ३५ वर्षका विजेन्द्र गुरुङ पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घरमा सात जना सुतिरहेका थिए । आगलागी भएपछि तीन जना भाग्न सफल भएका थिए । विद्युत सट हुँदा आगलागी भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट मेघबहादुरको घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077