Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तराईमा कठ्यांग्रिँदो चिसो : धमाधम बन्द गरिँदै विद्यालय, आन्तरिक उडान ठप्प

    तराईमा कठ्यांग्रिँदो चिसो : धमाधम बन्द गरिँदै विद्यालय, आन्तरिक उडान ठप्प

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेको छ । आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

    पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ । हुस्सु कुहिरोकै कारण आज पनि भिजिभिलिटी अर्थात दृश्य क्षमता घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फको उडान भने ठप्प भएको छ ।



    त्रिभुवन विमानस्थल कार्यालयले बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको जनाएको छ ।



    आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट बाह्यतर्फको उडान भने भइरहेको छ । कठ्याँग्रिदो चिसोका कारण तराईका धेरैजसो विद्यालयमा बिदा दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार