Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • विराटनगरमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बिदा

    विराटनगरमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बिदा

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 444
    SHARES

    फाइल फोटो

    विराटनगर । शीतलहर र अत्यधिक चिसोका कारण विराटनगरमा शैक्षिक संस्थामा बिदा दिइएको छ ।

    विराटनगर महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गरी बुधबारदेखि शुक्रबारसम्म तीनदिन महानगरभित्रका सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जनाएको छ ।



    अत्यधिक चिसोले विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकोले बिदा दिइएको बताइएको छ ।



    बाक्लो हुस्सु र शीतलहरका कारण विराटनगरमा जाडो बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार