Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

समसामयिक राजनीतिबारे पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

कांग्रेसले दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्ने छन् ।

महतले भातृ शुभेच्छुक संस्थाको गठन तथा विस्तार, पार्टीको विभाग गठन, सत्ता गुमेपछि पार्टीको प्रतिपक्षी भूमिकाका विषयमाजानकारी गराउने बताइएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरु गठबन्धन गरेर चुनाव लडेका थिए ।

साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077