Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र उपेन्द्र यादवबीच भेटवार्ता, जसपाले उपराष्ट्रपति नछाडने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ । जसपा अध्यक्ष यादव र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको हो ।

यादवले अध्यक्ष ओलीसँग उपराष्ट्रपतिमा आफ्नो पार्टीले दावी दोहोर्‍याएका थिए । जसपाले उपराष्ट्रपतिसहित दुई मन्त्रीमा दावी गर्दै आएको छ ।

अध्यक्ष ओलीले एमालेले राष्ट्रपतिमा कसलाई पठाउने भन्ने बारे निर्णय गरिनसकेकाले राष्ट्रपति उपराष्ट्रपतिलगायत अन्य पदहरु प्याकेजमै टुङग्याउनुपर्ने बताएको स्रोतले बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग समेत यादवले उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका छन् । उनीहरुबीच सरकार संचालन र सरकारले ल्याउने साझा कार्यक्रमबारे समेत छलफल भएको छ।

जसपाले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम हेरेपछि मात्रै सरकारमा जाने नजाने निर्णय गर्ने जनाएको छ । अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

अध्यक्ष यादवले आफ्नो पार्टीले उपराष्ट्रपति पाए उनै संसदीय दलका नेता यादवलाई अघि सार्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077