Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अहिले नै सरकारका बारेमा बोल्न हतार छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् ।

बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् ।

उनले भने, ‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ? त्यतिन्जेल सस्पेन्समै रहोस् ।’

उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए । सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077