Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल टी-२० लिग विवाद : छानबिन गर्न राखेपले बनायो कार्यदल, क्यानसँग माग्यो कागजात

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल टी-२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।

परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्सीय कार्यदल गठन गरेको हो ।

समितिको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन्। समितिले १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउने छ।

बुधबार बसेको बैठक परिषद्को बैठकले विदेशी खेलाडीहरूको श्रम स्वीकृती एवं प्रतियोगिता सञ्चालनको सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) सँग आवश्यक प्रमाण कागजात माग गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रतियोगितामा सट्टेबाजी भएको र फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरिएको खेलाडीहरुले नै खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077