Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज मधेसमा संसदीय दलको नेता चयन गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । बिहीबार बसेको दलको बैठकबाट प्रदेशको विधान पारित भएको थियो ।

आज प्रदेशको संसदीय दलको नेता चयन गर्न लागिएको हो । संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेका छन् ।

पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको उनले जानकारी दिए ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् । सकेसम्म सर्वसम्मत नेता चयनका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077