Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो संस्करण आउँदै, अध्यक्ष प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् ।

पहिलो सिजनमा दीपाश्री निरौला र दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्ष भएका थिए। तेस्रो सिजनमा भने नायिका प्रियंका कार्की शोको अध्यक्ष हुने भएकी हुन्।

प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् ।

यसअघि दुई सिजन प्रसारण गरिएको शो पछिल्लो समय बन्द छ।

दिनेश डिसीले निर्देशन गर्ने शोमा यो पटक दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना लगायतका नयाँ कलाकार थपिएका छन्। राजेन्द्र नेपाली ‘लट्टे’ र एलिना बाँस्कोटा नयाँ सिनमा पनि दोहोरिने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077