Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अध्यक्ष नेपालले भने - व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक छु

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जवराले राखेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेपालले यस्तो बताएका हुन् ।

तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताए ।

अध्यक्ष नेपालले भने, 'विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं ।’

यस्तौ नेपालले विचार मिल्ने पार्टीसँग एकताको प्रयास भने भइरहेको बताएका छन् । उनले पार्टीले बाम गठबन्धनको आह्वान गरेको भन्दै विचार मिल्नेहरु सहकार्यका लागि आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077