Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्वीटमार्फत् भट्टराईको प्रस्ताव - राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि!

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।

भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कि भन्ने प्रस्ताव ट्वीटमार्फत् गरेका हुन्।

भट्टराईले स्थिर सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

उनले भनेका छन्, ‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन ।

अतःखुट्टा तानातानमा समय खेर फाल्नु सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि?’

यसअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका थिए। राजनीति अस्थिर भएको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077