Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान जारी

    सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान जारी

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 507
    SHARES

    काठमाडौं । सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान जारी रहेको छ।

    प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ। त्यसपछि मतगणना प्रारम्भ गरिने छ।



    नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ।



    निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार