Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ हुने

    जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ हुने

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 987
    SHARES

    काठमाडौं । संघीय संसद् सचिवालयको महासचिवको पत्र खारेजी गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा शुक्रबारका लागि पेसी तोकिएको छ ।

    सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले दर्ता गरेको रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको हो ।



    रिटमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्दै लेखेको पत्रको कानुनी आधार नभएको दाबी गरिएको छ ।



    सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित ९ जनाले पदाधिकारीले व्यक्तिग तरूपमा रिट दायर गरेका हुन् ।

    यसले नयाँ प्रतिनिधि सभाको निरपेक्ष अधिकारलाई निस्तेज गर्ने र नेपालको संविधानको प्रस्तावना धारा १ (१), धारा २, धारा १०१ (२) धारा १२६, धारा १२८, १३७ को बर्खिलापमा रहेकाले पत्रलाई नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्।

    संसद सचिवालयका महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश जबराको निलम्बन फुकुवाको पत्र पठाए लगत्तै कानुन व्यवसायीले त्यसको विरोधमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिने कार्य सुरु गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार