Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समितिको बैठक शुरू, बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोध्ने तयारी

    महाअभियोग सिफारिस समितिको बैठक शुरू, बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोध्ने तयारी

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 678
    SHARES

    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बसेको छ ।

    आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोधिने समितिको तयारी छ ।



    जबराको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो ।



    बाँकी पृष्ठमा आज शनिबार हस्ताक्षर गराउने तय भएको छ । एकरएक पढेर जबराले हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षर सकिएपछि आजै पुरक प्रश्न सोध्ने तयारी छ । अहिले समितिको बैठक जारी छ । जबरा भने बिहान ८:३० भन्दा केही मिनेट अघि नै आइपुगेका थिए ।

    सांसदहरू आइपुग्न ढिलो हुँदा बैठक केही ढिलो सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार