Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चोलेन्द्रको सम्मानजनक अवकाशको सम्भावना क्षीण

    चोलेन्द्रको सम्मानजनक अवकाशको सम्भावना क्षीण

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 744
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वोच्च अदालत फर्किएर सम्माजनक अवकाश लिने सम्भावना क्षीण भएको छ ।

    जबराको निलम्बन फुकुवा गर्ने संघीय संसद् सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएपछि सो सम्भावना क्षीण भएको हो ।



    ६५ वर्ष उमेर हदका कारण प्रधानन्यायाधीश जबराको २०७१ मंसिर २७ गते मंगलबार अवकाश लिने छन् । सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग लागेपछि प्रधानन्यायाधीशको हैसियतमा काम गर्न नपाउने कानुनी प्रावधान हाल निष्प्रभावी भएको पत्रमार्फत अदालतसहित ६ वटा निकायलाई जानकारी गराउँदै जबरालाई अदालतमा फर्किने बाटो खोलिदिएका थिए ।



    सोको कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । आगामी मंगलबार भित्रमा सो रिटको फैसला नआउने भएकोले अवकाश लिनुअघि कमसेकम एक दिन भए पनि सर्वोच्च अदालतमा फर्किने उनको चाहना चाहना पूरा नहुने स्थिति उत्पन्न भएको हो । नेपाल समाचारपत्र दैनिक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार