Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपतिविरुद्धको रिटमा बहसबिना नै कारण देखाउ आदेश जारी

    राष्ट्रपतिविरुद्धको रिटमा बहसबिना नै कारण देखाउ आदेश जारी

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 672
    SHARES

    फाइल फोटो

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्शमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

    सर्वोच्चका न्यायाधीश हरि फूयाँलको आइतबारको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी गरेको हो।



    न्यायाधीश फुयाँलको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ।



    सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेस गर्नुपर्ने छ।

    अदालतमा सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेसी हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार