Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • न्याय पाएको भन्दै नागरिकताविहीनद्वारा सर्वोच्च अदालतको आदेशको स्वागत

    न्याय पाएको भन्दै नागरिकताविहीनद्वारा सर्वोच्च अदालतको आदेशको स्वागत

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 795
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेश खारेज गरेसँगै नागरिकताविहीनहरुले निर्णयको स्वागत गर्दै खुसीयाली मनाएका छन् ।

    नागरिकताविहीन युवाहरुले शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्च अदालतलाई धन्यवाद दिँदै खुसी साटेका हुन् ।



    बिहीबार आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको थियो ।



    उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए । योसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार