Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन

    नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ ।

    काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।



    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गरेका थिए। नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा विरोध भइरहेको छ ।



    संसद्‍मा ल्याएर छलफलपछि अघि बढाउनुपर्ने उक्त विधेयक सरकारको आग्रहमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि केहिदिन अगाडि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विरोधमा उत्रिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार