Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा

    नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 771
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ।

    मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको नागरिकता विधेयकविरूद्ध परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो।



    बहस गर्न दुबै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा समयपछि अन्य दुइटा मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो।



    यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो।

    साथै ‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो। यस विषयमा छलफल गर्न दुबै पक्षलाई आज बोलाएको थियो।

    आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन्। यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार