Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नागरिकता माग्दै माइतीघरमा युवकले गरे आत्मदाह प्रयास

    नागरिकता माग्दै माइतीघरमा युवकले गरे आत्मदाह प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । माइतीघर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

    ७ दिनदेखि धर्नामा बसेका संघर्ष समितिका उपाध्यक्ष २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका हुन् ।



    काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनको स्वास्थ्य परीक्षणको लागि ट्रमा सेन्टर लगिएको छ ।



    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएको थियो।

    त्यसलगत्तै संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार