Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीशद्वय भट्टराई र रेग्मीको संयुक्त इजलासमा

    नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीशद्वय भट्टराई र रेग्मीको संयुक्त इजलासमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 771
    SHARES

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

    राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो ।



    न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।



    बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।

    अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार