Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मिर्चैयाको झडपमा डीएसपीसहित आठ प्रहरी घाइते

    मिर्चैयाको झडपमा डीएसपीसहित आठ प्रहरी घाइते

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 630
    SHARES

    सिरहा । सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।

    बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटक पटक झडप भएको थियो ।



    भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र गोलीसमेत चलाउनु परेको थियो । झडपमा आन्दोलनकारीले पेट्रोल बमसहित ढुङ्गामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ ।



    आन्दोलकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते भएको डिएसपी वलीले दिए ।

    चौधरीको उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको र अन्यको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेको उनले बताए । विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारको क्रममा गएराति निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार