Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३३ महिनापछि चीनले खोल्यो अन्तर्राष्ट्रिय सीमा

एजेन्सी । चीनले कोरोना भाइरसको संक्रमण सुरू भएपछि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेको छ । चीनले सन् २०२० को मार्चबाट बन्द गरको सीमा ३३ महिनापछि खुला गरेको हो ।

अब चिनियाँहरू विदेश भ्रमणमा जान र विदेशीहरू चीन भ्रमणमा जान पाउने भएका छन् । चीन जाने विदेशीहरूले क्वारिन्टिन बस्नुपर्ने छैन ।

तर, उनीहरूले ४८ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भने प्रस्तुत गर्नुपर्ने छ । सीमा बन्द हुँदा विदेशमा फसेका लाखौं चिनियाँहरू समेत घर फर्कन पाएका थिएनन् ।

हङकङकबाट मात्रै ४ लाख बढी चिनियाँहरू तत्कालै मुख्य भूमि फर्कने तयारीमा रहेका छन् । शून्य कोभिड नीति लिएको चीनमा जनस्तरमा आक्रोश बढेर प्रदर्शन हुन थालेपछि सरकार कोभिड नीतिमा पुनर्विचार गर्न बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077