काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने विषयमा बैठक बसेर निर्णय गर्ने बताएका छन् ।
सम्मानित नेता खनालले विश्वासको मत दिने विषयमा मंगलबार बिहान सचिवालय बैठक बसरेर निर्णय गर्ने बताएका हुन् ।
खनालले भने,‘प्रधानमन्त्री प्रचण्डजीलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गरेका छैनौं । मंगलबार बिहान सचिवालय बैठक बोलाएका छौँ ।
बैठकबाटै निर्णय हुनेछ । हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक छौँ । आधिकारिक रुपमा सचिवालय बैठकबाट निर्णय हुनेछ ।’
सबै परिस्थितिको विश्लेषण गरेर प्रधानमन्त्रीलाई विश्वासको मत÷नदिने निर्णय हुने खनालले बताए । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् ।
त्यसै दिन बिहान मात्रै एकीकृत समाजवादीले विश्वासको मत दिने नदिने निर्णय गर्ने भएको छ । एकीकृत समाजवादीका १० सांसद छन् ।