Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेश जसपा संसदीय दलको नेतामा राउत र यादवको उम्मेदवारी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो । रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए ।

उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् । जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरुमा भएको छ । यो सहमति अनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077