Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको ५२ लाख नगदसहित दुई जना पक्राउ

सप्तरी । प्रहरीले सप्तरीबाट स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदेबर्साइन-९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा रहेका छन् । उनिहरुलाई प्रहरीले बोदेबरसाइन नगरपालिका-५ बरसाइन बजारबाट पक्राउ गरेको हो ।

उनीहरूले बरसाइन बजारमा रहेको कौशल किशोर यादवको घरको कोठा भाडामा लिएका थिए। आइतबार बिहान साढे ११ बजे उक्त कोठामा हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

खोजी गर्नेक्रममा खाटमाथि कपडाले छोपेर राखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

यस्तै रामविलास तेलीले बोकेको कालो ब्यागबाट १५ लाख र मायानन्दले बोकेको झोलामा ९ लाख बरामद भएको हो। प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

साथै हिसाब लेखिएको पाँच वटा कापी पनि प्रहरीले बरामद गरेको हो। उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077