Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ।

सोमबार बसेको राष्ट्रिय सभाको १२औं बैठकमा विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए।

राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाका पूर्व सांदहरु, कांग्रेसका पूर्व सांसद मैयाँदेवी श्रेष्ठ, तत्कालीन माओवादीकासांसद बालकृष्ण ढुंगेल, झुल बहादुर आले लगायतका सांसदहरुको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो।

शोक प्रस्ताव पारित भएसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले अर्को बैठक शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077