Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस नेतृत्वको सरकारमा साझा कार्यक्रम कार्यान्वयन भएन, यसपटक पक्का हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसपटकको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन् ।

सोमबार गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समारोहमा प्रचण्डले कांग्रेस नेतृत्वको सरकारमा बनेको साझा कार्यक्रम कार्यान्वयन बताउँदै यसपटक कार्यान्वयन गरिछाड्ने दाबी गरेका हुन् ।

उनले भने, 'हिजो पनि यसरी नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेन । हामीले थुप्रै प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकेनौँ । तर, यसपटक म प्रधानमन्त्री भएको छु ।'

प्रधानमन्त्रीलाई कसैको प्रभावमा निरीह भएर बस्नुपर्ने अवस्थाको परिकल्पना संविधानले नगरेको उनको भनाई छ । त्यसकारण यसपटक न्यूनतम साझा कार्यक्रम कार्यान्वय गरिने प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077