पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम जिल्ला अधिवेशनबाट यदुनाथ अधिकारी जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एकराज न्यौपानेलाई केवल एक मतको झिनो अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन् ।
शनिबार पोखरामा सम्पन्न मतदानको अन्तिम मतपरिणामअनुसार अधिकारीले ११५ मत प्राप्त गरे भने न्यौपानेले ११४ मत हासिल गरे ।
कुल २३३ मत खसेको निर्वाचनमा चार जना मतदाताले कुनै पनि उम्मेदवारलाई मत नदिएको निर्वाचन समितिले जनाएको छ । उनी यसअघि रास्वपा कास्कीको तदर्थ समितिको सभापतिको जिम्मेवारीमा थिए ।
राजनीतिक रूपमा उनी विगतमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले लगायतका दलमा सक्रिय रहेका थिए ।