Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्ने समय आएको छ : परराष्ट्रमन्त्री खनाल

नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्ने समय आएको छ : परराष्ट्रमन्त्री खनाल

शनिवार , जेठ २३, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा पुनर्संरचना (रिसेट) गर्ने समय आएको बताएका छन् ।

भारतसँगको सहकार्यलाई थप व्यावहारिक, परिणाममुखी र भविष्यकेन्द्रित बनाउनुपर्नेमा जोड दिँदै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा मन्त्री खनालले विगतका असमझदारी र परम्परागत सोचभन्दा माथि उठेर नेपाल–भारत सम्बन्धलाई पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा सुधारको जनादेश प्राप्त गरेको उल्लेख गर्दै त्यसैका आधारमा छिमेकी भारतसँगको सहकार्यलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको बताए ।

‘नेपाल–भारत सम्बन्धलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ। हामीले धेरै क्षेत्रमा सहकार्य गर्न सक्छौँ, तर केही प्राथमिकताका क्षेत्रमा केन्द्रित भएर अघि बढ्दा मात्र ठोस र मापनयोग्य उपलब्धि हासिल गर्न सकिन्छ,’ मन्त्री खनालले भने।

उनका अनुसार सरकारको प्राथमिकतामा कनेक्टिभिटी, ऊर्जा, व्यापार, प्रविधि साझेदारी तथा पूर्वाधार विकास रहेका छन्। यी क्षेत्रहरूमा द्रुत र प्रभावकारी कार्यान्वयनमार्फत दुवै देशलाई लाभ पुग्ने विश्वास उनले व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077