Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव, मुख्यमन्त्री पक्का

धनुषा । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान प्रदेशसभाका सभामुख सरोजकुमार यादव निर्वाचित भएका छन् ।

जसपा संसदीय दलको नेताका लागि सोमबार भएको निर्वाचनबाट यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दिएका थिए ।

निर्वाचन समितिले दिउँसो साढे ३ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेगरी निर्वाचन कार्यतालिका बनाएको थियो ।

उम्मेदवारीपछि दुवै जनाबीच सहमति भएपश्चात् मुख्यमन्त्री लालबाबु राउतले समयमै उम्मेदवारी फिर्ता लिएपछि यादव संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएका हुन् ।

मधेश प्रदेशमा तेस्रो ठूलो दलको रूपमा रहेको जसपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना छ । यादव संसदीय दलको नेता बनेसँगै मधेस प्रदेशको मुख्यमन्त्री बन्ने लगभग पक्का भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077