Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनबाट नक्कली नोटसहित महिला पक्राउ

चितवन । चितवनमा १३७ थान नक्कली नोटसहित महिला पक्राउ परेकी छन् ।

कालिका नगरपालिका-१ बस्ने ४२ वर्षीया गंगा तामाङलाई आफ्नो डेरामा लुकाई छिपाई राखेको एक हजार रुपैयाँका १३७ थान नक्कली नोटसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डेरामा सञ्चय गरी जानी-जानी चलन चल्ती गर्नका लागि लुकाइराखेको नोटसहित ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

उनलाई चितवन जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसूरमा म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077