Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ।

अमेरिकी भुगर्भ विभागका अनुसार ७.६ रेक्टर स्केलको भूकम्प गएको हो।

उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका थिए।

इन्डोनेसियाको प्रकोप एजेन्सीले प्रारम्भिक रिपोर्टका अनुसार भवनहरूमा हल्कादेखि मध्यम क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077