Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निषेधित क्षेत्रमा उडान भरेपछि संखुवासभामा हेलिकप्टर प्रहरी नियन्त्रणमा

संखुवासभा । अनुमति बिना निषेधित क्षेत्रमा उडान गरेपछि प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ ।

संखुवासभामा मंगलबार बिहान जेनेरेटर लिएर काठमाडौंबाट उडेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर एक घण्टाका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

संखुवासभाको भोट खोला गाउँपालिकामा करिब १ घण्टा होल्ड गरेर सुरक्षा अधिकारीहरूले हेलिकप्टर काठमाडौं तर्फ फिर्ता पठाएका छन् ।

खाँदबारीमा रोकेर भोटखोलाको हटिया लग्नुपर्ने थियो। तर उनले चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेका थिए।

भोट खोला निषेधित क्षेत्र भएको हुनाले अनुमति लिएर र खाँदबारीमा चेकजाँच गराएर जानुपर्नेमा सोझै गएको स्थानीय प्रशासनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077