Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्ण सिटौलाले जानकारी दिए ।

विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णयलाई अब बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ । कार्यसम्पादन समितिको बैठकपछि अब संसदीय दलको बैठक बस्दैछ।

संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने भएका छन्।

त्यसअघि पदाधिकारीले सहमति जुटाउन नसकेपछि कार्यसम्पादन समितिको बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077