Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पृथ्वी जयन्तीको चियापानमा सहभागी हुन संसदबाटै लिङ्लेनले दिए निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा भोलि भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन निम्तो गरेका छन्।

लिङ्देनले संसदको रोस्टमबाट पृथ्वीजयन्तीको अवसरमा आयोजित चियापानमा सहभागी हुन चुले निम्तो गरेका हुन्।

वर्तमान सरकारले राष्ट्रिय निर्मातालाई सम्मान गर्ने गरी न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै उनले सरकारलाई पनि धन्यवाद दिएका छन्।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीमा प्रचण्डलाई राप्रपाले विश्वासको मत दिने बताए। उनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने जिकिर गरे।

उनले देशका गौरवाशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताएका हुन्। उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077