Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको प्रस्टिकरण - कांग्रेससँग कुनै विशेष सहमति भएको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको बदलामा नेपाली कांग्रेसलाई केही दिने सहमति नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् ।

यस्तै उनले संसद्‌मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका छन्। आजको बैठकमा २७० सांसद उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077